नियम ५ख
स्तर निर्धारण:
(१) बोर्डले सरकारी विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्ने प्रयोजनको लागि देहायका आधारमा सञ्चार माध्यमको स्तर निर्धारण गर्नेछ:- (क) प्रचलित कानून बमोजिम गरिएको सञ्चार माध्यमको वर्गीकरण, (ख) पत्रपत्रिकाको हकमा आकार, पृष्ठ सङ्ख्या, प्रकाशन तथा वितरण सङ्ख्या, भौगोलिक रुपमा वितरण र पहुँचको अवस्था, (ग) प्रसारण संस्थाको हकमा प्रसारण पहुँच र दर्शकको सहभागिता, (घ) डिजिटल माध्यमको हकमा पाठक तथा दर्शक सङ्ख्या। (२) उपनियम (१) बमोजिम स्तर निर्धारण गरिएको सञ्चार माध्यमसँग बोर्डले सरकारी विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्ने प्रयोजनको लागि वार्षिक रुपमा प्रचलित कानून बमोजिम. दररेट माग गर्नेछ।

(३) उपनियम (२) बमोजिम: कुनै सञ्चार माध्यमले उपलब्ध गराएको दररेट अस्वभाविक रुपमा घटी वा बढी भएको देखिएमा बोर्डले त्यस्तो सञ्चार माध्यमसँग छलफल वा वार्ता गरी दररेट तय गर्न सक्नेछ।

(४) उपनियम (२). वा (३) बमोजिम कायम भएको विज्ञापन वा सूचनाको दररेट बोर्डले सार्वजनिक गर्नु पर्नेछ।

(५) उपनियम (२) बमोजिम बोर्डलाई दररेट उपलब्ध नगराउने वा उपनियम (३) बमोजिम कायम भएको दररेटमा कारोबार गर्न नचाहने सञ्चार माध्यमलाई सरकारी निकाय वा बोर्डले विज्ञापन उपलब्ध गराउने छैन।